उच्च अदालत पाटनका न्यायाधीश रामेश्वर रेग्मीको निधन भएको छ।
मस्तिष्कको क्यान्सरबाट ग्रसित न्यायाधीश रेग्मीको ६१ वर्षको उमेरमा निधन भएको हो।
उनको ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा उपचारका क्रममा बुधवार राति निधन भएको उच्च अदालत पाटनले जनाएका छ।
न्याय सेवाका सहसचिव रहेका रेग्मी २०७७ सालमा उच्च अदालतको न्यायाधीशमा नियुक्त भएका थिए।