डब्लूएचओले स्वास्थ्य आपत‍्काल घोषणा गरेको ‘एमपक्स’ स्वीडेनमा पनि देखियो

Symbolic photo
Symbolic photo

अफ्रिकाभन्दा बाहिर मंकीपक्स (एमपक्स) को पहिलो केस स्वीडेनमा फेला परेको छ।

स्वीडेनको सार्वजनिक स्वास्थ्य एजेन्सीले स्वीडेनमा मंकीपक्सको पहिलो केस फेला परेको जानकारी दिएको हो। मंकीपक्सबाट संक्रमित व्यक्ति अफ्रिका बसेर फर्केका भएको बताइएको छ।

अफ्रिकाका केही भागमा एमपक्स रोग फैलिएपछि विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले सार्वजनिक स्वास्थ्य संकट घोषणा गरेको छ। संस्थाले यो रोगलाई अन्तर्राष्ट्रिय चासोको विषयको रुपमासमेत व्याख्या गरेको छ।

स्वीडेनको पब्लिक हेल्थ एजेन्सीका कार्यवाहक प्रमुख ओलिभिया विग्जेलका अनुसार संक्रमित व्यक्तिले स्टकहोममा उपचार गराउन आग्रह गरेका थिए ताकि अन्य व्यक्तिमा संक्रमणको जोखिम कम होस्।

डब्लूएचओका प्रमुख टेड्रोस अधानोम गेब्रेयससले अफ्रिका र त्यसभन्दा बाहिर पनि यो रोग फैलिने सम्भावनाप्रति चिन्ता व्यक्त गरेका थिए।

अफ्रिकी देश कंगोमा यो रोगबाट प्रारम्भिक चरणमा ४५० भन्दा बढीले ज्यान गुमाएका छन्।

प्रकाशित मिति: : 2024-08-16 11:00:00

प्रतिकृया दिनुहोस्