प्रधानमन्त्रीकाे स्वास्थ्य अवस्थाबारे क्यानले गर्‍याे भ्रमपूर्ण सन्देश प्रवाह

Break n Links
Break n Links

नेपाल क्रिकेट संघ (क्यान)ले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य प्रतिकूल भएको जानकारी दिएपछि आज (साेमबार) एकाएक प्रधानमन्त्रीको स्वास्थ्यलाई लिएर जनचासो चुलिएको छ।

क्यानले आफूले आयोजना गर्न लागेको नेपाल प्रिमियर लिग (एनपीएल)को लोगो अनावरण कार्यक्रममा प्रधानमन्त्रीको स्वास्थ्य प्रतिकूल भएको जानकारी दिएको हो।

क्यानले यसअघि लोगो अनावरण कार्यक्रममा प्रधानमन्त्री ओली उपस्थित हुने हल्ला चलाएको थियो। तर, कार्यक्रममा प्रधानमन्त्री उपस्थित नभएपछि लोगो अनावरण कार्यक्रमका प्रस्तोताले भने, ‘बिहानैदेखि प्रधानमन्त्रीज्यूको स्वास्थ्य प्रतिकूल भएका कारण आज दिनभरि नै उहाँले कुनै कार्यक्रममा सहभागिता जनाउनु भएन।’

विभिन्न साेसियल मिडियाबाट लाइभ भएको यो कार्यक्रम हेरिरहेका नेपालीहरूले प्रधानमन्त्रीको स्वास्थ्य प्रतिकूल भएको खबर सुनेपछि चासो राखेका थिए। तर, यस विषयमा प्रधानमन्त्री कार्यालयले कुनै विज्ञप्ति प्रकाशित गरेको छैन।

प्रधानमन्त्री ओलीले दिउँसाे प्रधानमन्त्री तथा मन्त्रीपरिषद्काे कार्यालय सिंहदरबारमा पण्डितहरूसँग रक्षाबन्धन ग्रहण गरेका थिए। भने, राष्ट्रिय महिला भलिबल टिमसँग पनि छलफल गरेका थिए।

भिडियाे:

प्रकाशित मिति: : 2024-08-19 21:52:00

प्रतिकृया दिनुहोस्