यौनिक अल्पसंख्यकहरूको गाईजात्रा परेड (तस्बिरहरू)

Break n Links
Break n Links

नेपालका यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका व्यक्तिहरूले गाईजात्रा पर्व मनाएका छन्।

मंगलबार गाईजात्राको अवसरमा यौनिक अल्पसंख्यक समूहले काठमाडाैँमा गाईजात्रा परेड प्रदर्शन गरेका हुन्।

यौनिक तथा लैंगिक अल्पसंख्यकका क्षेत्रमा कार्यरत संस्था नील हिरा समाजले २१औँ नेपाल गौरव यात्रा तथा गाईजात्रा देशभरबाट समुदायका व्यक्तिहरु भेला भएर कर्मचारी सञ्चयकोष भवन, ठमेलको अगाडि भेला भई गौरव यात्रा गरेका हुन्।

गौरव यात्रा वसन्तपुर डबलीमा दिवङ्गत व्यक्ति र नायकहरूको जीवनको सम्झनामा मैनबत्ती बालेर समापन भएको छ। गाईजात्रामा मौलिक पोसाक, संस्कृति, बाजागाजासहित उनीहरु उपस्थित भएका थिए।

प्रकाशित मिति: : 2024-08-20 16:46:00

प्रतिकृया दिनुहोस्