नागढुङ्गा नजिकै पहिरो, सडक अवरुद्ध

File Photo
File Photo

नागढुङ्गा नजिकै पहिरो खसेपछि अहिले मुग्लिङ-काठमाडौँ सडक अवरुद्ध भएको छ।

झ्याप्ले खोलमा खसेको पहिरो अहिले पन्छाउने कार्य भइरहेको प्रहरीले जनाएको छ।

पहिरोले सडक अवरुद्ध भएपछि दुई पाङ्ग्रे सवारी साधन खानीखोलाबाट नागढुङ्गा निस्कन सक्ने र चार पाङ्ग्रे सवारी साधन धार्केबाट सितापाईला निस्कन सकिने हुनाले धेरै सवारी साधनले वैकल्पिक मार्ग गरिरहेको प्रहरीले जनाएको छ।

ठुलो पहिरो खसेकोले पहिरो पन्छाएर सडक सुचारु गर्न अझै केही समय लाग्ने प्रहरीले बताएको छ।

प्रकाशित मिति: : 2024-08-21 12:23:00

प्रतिकृया दिनुहोस्