चिनियाँ नागरिकले अमेरिकामा जासुसी गरेको आरोप

अमेरिकी वकिलहरूले एक चिनियाँ नागरिकविरुद्ध आपराधिक अभियोग दायर गरेका छन्।

अमेरिकामा बस्ने यी चिनियाँ व्यक्तिलाई चीनको गुप्तचर एजेन्सीको जासुस भएको आरोप लागेको छ।

अमेरिकी न्याय मन्त्रालयले ६७ वर्षीय चिनियाँ नागरिक युआनजुन ताङलाई बुधबार न्यूयोर्कबाट पक्राउ गरिएको जनाएको छ। चिनियाँ नागरिक युआनजुन ताङलाई पनि एफबीआई विरुद्ध गलत बयान दिएको आरोप लागेको छ।

जारी गरिएको एक विज्ञप्तिमा अमेरिकी न्याय विभागले भनेको छ, 'ताङलाई चीनको एजेन्टको रूपमा काम गरेको, षड्यन्त्र गरेको र एफबीआईलाई गलत बयान दिएकोमा आपराधिक आरोप लगाइएको छ।'

ताङमाथि इ-मेल, इन्क्रिप्टेड च्याट र अन्य माध्यमबाट लगातार सन्देश पठाएको आरोप छ।

यसबाहेक उनले लगातार एमएसएस अर्थात् राज्यको सुरक्षा गुप्तचर अधिकारीबाट निर्देशनहरू प्राप्त गर्दै गरेकोसमेत रिपोर्टमा उल्लेख छ।

प्रकाशित मिति: : 2024-08-22 14:08:00

प्रतिकृया दिनुहोस्