छानबिन समितिले रवि लामिछानेलाई बयानका लागि बाेलायाे

File Photo
File Photo

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई बयानका लागि बोलाएको छ।

पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई शुक्रबार बस्ने समितिकाे बैठकमा बयानका लागि बाेलाइएकाे सभापति सूर्य थापाले जानकारी दिए।

सभापति थापाका अनुसार उनलाई गोरखा मिडिया नेटवर्कको प्रबन्ध निर्देशकको हैसियतमा सोधपुछका लागि बोलाइएको हाे।

यसैगरी बिहीबार बसेकाे बैठकमा तत्कालीन हर्बो इन्टरनेशनल प्रबन्ध निर्देशक एवं हाम्रो ग्रुप अफ कम्पनीका संस्थापक अध्यक्ष पुष्पराज पौडेल (पुरूष)सँग सोधपुछ गरिएको छ।

समितिको कार्यविधिअनुसार विभिन्न सहकारी र कम्पनीमा संलग्न रहने व्यक्तिहरूमध्ये आज पौडेलसँग सोधपुछ गरिएको हाे।

याे पनि...
प्रकाशित मिति: : 2024-08-22 16:45:00

प्रतिकृया दिनुहोस्