काठमाडाैंकाे जडीबुटीमा ‘रिफाइन्ड ब्यूटी हब’ औपचारिक रुपमा सञ्चालन भएको छ।
महिलालाई रोजगार बनाउने उद्देश्यले सुरु भएको रिफाइन्डमा विभिन्न तालिम दिइनेछ। जसमा डिप्लोमादेखि १५ दिने कोर्शको पनि सुविधा रहेको रिफाइन्डकी संस्थापक रोजिना श्रेष्ठले बताइन्।
उनका अनुसार विदेशमा ब्यूटी क्षेत्रमा काम गर्न जाने महिलाहरूलाई लक्षित गरेर १५ दिने कोर्श ल्याइएको हो।
‘हामीले नेपालमै व्यवसाय गर्न चाहने र विदेश गएर ब्यूटी क्षेत्रमा काम गर्न इच्छुक दिदीबहिनीहरूलाई लक्षित गरेर रिफाइन्ड सुरु गरेका हौं’, उनले बताइन्।
बिहीबार जडीबुटीको आकाशे पुल नजिकै सञ्चालन भएको रिफाइन्डले विभिन्न आकर्षक अफरहरू पनि दिएको छ। सेवा–सुविधालगायत कोर्शहरूमा भारी छुट रहेको रिफान्डले जनाएको छ।
हेर्नुहाेस् तस्बिरहरू–