लुम्बिनी प्रदेश सरकारले प्रदेशका १२ वटै जिल्लामा पर्यटन कार्यालय स्थापना गर्ने भएको छ।
मन्त्रिपरिषद् बैठकले प्रदेशका १२ वटै जिल्ला स्थित घरेलु तथा साना उद्योग कार्यालयमा पर्यटन कार्यालयसमेत रहने निर्णय गरेको हो।
साथै पर्यटन डिभिजन कार्यालय रुपन्देही र पर्यटन डिभिजन कार्यालय बाँकेलाई खारेज गर्ने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ।
अहिलेसम्म यी दुई डिभिजनलाई प्रदेशको पर्यटन क्षेत्रको अधिकार थियो। उद्योग, पर्यटन तथा यातायातमन्त्री प्रचण्ड विक्रम न्यौपानेले यो प्रस्ताव मन्त्रिपरिषद् बैठकमा पेश गरेका थिए।
मन्त्री न्यौपानेले पेश गरेको प्रस्ताव मन्त्रिपरिषद्बाट निर्णय भएको हो। पर्यटन कार्यालय प्रदेशका सबै जिल्लामा स्थापना गर्दा सहज हुने भएकाले सबै जिल्लामा कार्यालय स्थापनाका लागि आफूले मन्त्रिपरिषद्मा सिफारिस गरेको र मन्त्रिपरिषद्बाट यो निर्णय भएको उद्योग, पर्यटन तथा यातायातमन्त्री प्रचण्ड विक्रम न्यौपानेले जानकारी दिए।
सबै जिल्लामा पर्यटन कार्यालयसमेत स्थापना भएकाले पर्यटन विकासमा सहज हुने मन्त्री न्यौपानेले जानकारी दिए।