सुनकोसी नदीमा हाइलक्स गाडी खस्दा तीनजना बेपत्ता, खोजी कार्य जारी

Break n Links
Break n Links

सिन्धुलीस्थित सुनकोसी नदीमा हाइलक्स गाडी खसेको छ।

शनिबार साँझ साढे ५ बजेको समयमा सिन्धुलीको कुँडुले भन्ने ठाउँबाट हाइलक्स गाडी सुनकोसीमा खसेको थियो। उक्त गाडीमा ४ जना सवार रहेका थिए।

प्रहरीकाअनुसार एकजना हामफालेर बाहिर निस्किएका छन्। भने, तीनजना अझै बेपत्ता रहेका छन्। प्रहरीको गोताखोर टोलीले बेपत्ताको खोजी गरिरहेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति: : 2024-08-24 21:05:00

प्रतिकृया दिनुहोस्