धनकुटामा १० जना सवार गाडी सडकबाट करिब डेढ सय मिटर तल खसेकाे छ।
आइतबार बिहान २ बजेतिर संखुवासभाको उम्लिङबाट इटहरी जाँदै गरेको को १ ज २१३७ नम्बरको बोलेरो गाडी धनकुटा नगरपालिका वडा नम्बर–६ फोक्लेन टापुमा दुर्घटना भएकाे हाे।
चालकसहित १० जना सवार रहेकाे गाडी ब्रेक फेल भएर भीरबाट खसेकाे जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी श्यामसिंह चौधरीले जानकारी दिए।