प्रधानसेनापतिमा अशोकराज सिग्देल नियुक्त

Break n Links
Break n Links

नेपाली सेनाको प्रधानसेनापतिमा अशोकराज सिग्देल नियुक्त भएका छन्।

बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा २६७ को उपधारा ५ बमोजिम सिग्देललाई प्रधानसेनापति नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएकाे छ।

राष्ट्रपति पौडेलले भदौ २४ गतेदेखि लागू हुने गरी सिग्देललाई प्रधानसेनापति नियुक्त गरेका हुन्।

मन्त्रिपरिषद्को सिफारिसमा हाल नेपाली सेनाको कायममुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्दै आएका सिग्देललाई राष्ट्रपतिले प्रधानसेनापतिमा नियुक्त गरेका हुन्।

प्रकाशित मिति: : 2024-08-28 13:17:00

प्रतिकृया दिनुहोस्