शंखमुल हत्या प्रकरण: दुई दिनपछि एक जना पक्राउ

काठमाडौँको शंखमुलमा भएको हत्या प्रकरणमा एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा बारा सिम्रौनगढ नगरपालिका–७ घर भई हाल काठमाडौँ–१० साईबाबा पार्कमाथि टहरामा डेरा गरी बस्ने २२ वर्षीय इमके कुमार रहेका छन्।

काठमाडौँ जिल्ला प्रहरी परिसरका सूचना अधिकारी प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारीले एमकेलाई आज (बुधबार) डेराबाटै पक्राउ गरिएको जानकारी दिए। एमकेले सोमबार राति ४१ वर्षीय रुपक बान्तवालाई रड प्रहार गरेका थिए।

रड प्रहारपछि गम्भीर घाइते भएका बान्तवाको सोही रात सिभिल अस्पतालमा मृत्यु भएको थियो। शंखमुलस्थित स्नुकर खेल्दै गर्दा दुईबीच विवाद भएको थियो।

यद्यपि दुईबीचको विवाद पहिले पनि भएको र त्यही विवादका कारण एमकले रडले प्रहार गरेर बान्तवाकाे हत्या गरेकाे प्रहरीले जानकारी गराएको छ।

प्रकाशित मिति: : 2024-08-28 15:44:00

प्रतिकृया दिनुहोस्