मानव सेवा आश्रमको १२ औं वार्षिकोत्सव सम्पन्न भएको छ।
उक्त वार्षिकोत्सवको अवसरमा आश्रमको काठमाडौं शाखाले रक्तदान र दीप प्रजनन गरेर कार्यक्रम सम्पन्न गरेको हो।
सडक मानवलाई छाना, खाना र नाना दिने उद्देश्यले सञ्चालन भएको मानव सेवा आश्रमले हालसम्म दस हजार २ सय ४१ जनालाई उद्धार गरिसकेको छ भने ४ हजार ३८ जनाको घर खोजी पुर्नमिलन गराइसकेको छ।
‘अनेकौं उतारचढाव पार गरेर हामी यहाँसम्म आइपुगेका छौं’, मानव सेवा आश्रमका संस्थापक रामजी अधिकारीले भने, ‘सडक आश्रित मानवमुक्त राष्ट्र बनाउनका लागि हामी निरन्तर लागिरहनेछौं।’
मानव सेवा आश्रमले २०८२ सालमा सडक मानव बनाउने लक्ष्य राखेको छ।