सहकारी प्रकरण: संसदीय छानबिन समितिकाे कार्यावधि १५ दिन थप

File Photo
File Photo

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिकाे कार्यावधि १५ दिन थप गरिएकाे छ।

मंगलबार बसेकाे प्रतिनिधिसभा बैठकमा समितिका सभापति सूर्यबहादुर थापाले छानबिन समितिको कार्यावधि थप गर्नेसम्बन्धी प्रस्ताव प्रस्तुत गरेका थिए। सभामुख देवराज घिमिरेले संसदमा निणार्थ प्रस्तुत गरेकाे उक्त प्रस्ताव सर्वसम्मत पारित भएको हाे।

सभापति थापाका अनुसार सहकारीकाे रकम अपचलनमा संलग्न ५० जनालाई सोधपुछ गरिएको छ।

उनले सार्वजनिक बिदाको दिनबाहेक समितिले बिहान, दिउँसो र मध्यरातिसम्म काम गरिरहेको जानकारी गराए।

समितिले अथक मेहनत गरिरहँदा पनि निर्धारित समय यही भदौ २२ गतेसम्म काम समाप्त हुन नसक्ने अवस्था आइपरेको उनले बताए। 

प्रकाशित मिति: : 2024-09-03 16:41:00

प्रतिकृया दिनुहोस्