पर्यटन बोर्डको सिइओमा दीपकराज जोशी नियुक्त

नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा दीपकराज जोशी नियुक्त भएका छन्।

बिहीबार बसेको पर्यटन बोर्ड सञ्चालक समितिको बैठकले जोशीलाई सिइओमा नियुक्त गरेको हो।

सिइओ छनोट समितिले जोशीसहित निवर्तमान सिइओ धनञ्जय रेग्मी र ज्ञानेश्वरसिं महतोको नाम सिफारिस गरेको थियो।

जोशी यसअघि २०१५ देखि २०२०सम्म पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत बनिसकेका व्यक्ति हुन्। गत जनवरी २८ मै धनञ्जय रेग्मीको कार्यकाल सकिएपछि बोर्डको प्रमुख कार्यकारी अधिकृत पद खाली रहेको थियो।  

प्रकाशित मिति: : 2024-09-06 07:15:00

प्रतिकृया दिनुहोस्