ओली र देउवालाई प्रचण्डको सुझाव- संवैधानिक निकायका सबै रिक्त पदमा छिटो सिफारिस गराैँ

Break n Links
Break n Links

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक निकायमा रिक्त रहेका पदमा छिटो सिफारिस गर्न सुझाव दिएका छन्।

बिहीबार प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा प्रचण्डले रिक्त पदमा छिटो सिफारिस गर्न सुझाव दिएको उनको सचिवालयले जानकारी दिएको छ।

सचिवालयका अनुसार प्रचण्डले शुक्रबार बस्ने संवैधानिक परिषद्को बैठकबाट सम्भव भएसम्म सबै रिक्त पदमा सिफारिस गर्नुपर्ने, नभए अर्को सहमति गरेर चाँडै सबै रिक्त पदमा सिफारिस गर्नुपर्ने धारणा व्यक्त गरेका थिए।

शीर्ष नेताहरुको भेटवार्तामा अन्य विषयमा छलफल नभएको प्रचण्डको सचिवालयले जनाएको छ।

प्रकाशित मिति: : 2024-09-12 13:49:00

प्रतिकृया दिनुहोस्