नेपाली कांग्रेस कोशी प्रदेश सरकारमा सहभागी भएको छ।
कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शुक्रबार कांग्रेसबाट तीन मन्त्री र एक जना राज्यमन्त्री नियुक्त गरेका हुन्।
कांग्रेसबाट भूपेन्द्र राई भौतिक पूर्वाधार विकास मन्त्रालय, खगेनसिंह हाङ्गाम उद्योग, कृषि तथा सहकारी मन्त्रालय, सदानन्द मण्डल पर्यटन, वन तथा वातावरण मन्त्रालय र भूमिप्रसाद राजवंशी भौतिक पूर्वाधार विकास मन्त्रालयको राज्यमन्त्रीमा नियुक्त भएका हुन्।
उनीहरूले प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष आजै पद तथा गोपनीयताको शपथ लिएका छन्।