५० अंकले घट्याे नेप्से, कारोबार १० अर्ब माथि

नेप्सेमा आज ५० अङ्कको गिरावट आएको छ। आइतबार नेप्सेमा ५०.७३ अङ्कले घटेर २६३७.७९ विन्दुमा रोकिएको छ।

आज ३२४ कम्पनीको कारोबार हुँदा २ करोड ४८ लाख ४६ हजार ७८२ कित्ता शेयर १० अर्ब ३३ करोड ९२ लाख ३५ हजार ९५७ को खरिद बिक्री भएको छ।

नेप्सेका अनुसार आज रिभर फल्स पावर, हिमालयन हाइड्रो र रावा इनर्जीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। त्यस्तै, आज थ्री स्टार हाइड्रोको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।

आज सबैभन्दा बढी सिइबिडि हाइड्रोको सबैभन्दा बढी ६४ करोड ३८ लाख ६६ हजार ७८० बराबरको शेयर कारोबार भएको छ। त्यस्तै सिंगाटी हाइड्रोको सबैभन्दा बढी ९ लाख ३४ हजार ५७८ कित्ता शेयर कारोबार भएको छ।

प्रकाशित मिति: : 2024-09-15 15:39:00

प्रतिकृया दिनुहोस्