माओवादीले आफ्नाे अडान नछाडेपछि संसद बैठक स्थगित

Break n Links
Break n Links

प्रतिनिधिसभाकाे बैठक स्थगित भएकाे छ।

आइतबार दिउँसाे १ बजेका लागि बाेलाइएकाे बैठक केही घण्टा सारिएकाे थियाे। तर संसद खुलाउनेबारे सहमति नजुट्दा बैठक बस्दै नबसी स्थगित भएकाे हाे।

नेकपा (एमाले)का सांसद याेगेश भट्टराइले बाेलेकाे हिंसा शब्दप्रति आपत्ति जनाउँदै नेकपा (माओवादी केन्द्र)ले संसद अवरुद्ध गरेकाे थियाे।

संसदकाे अवराेध खुलाउन सभामुख देवराज घिमिरेले राष्ट्रिय दलका प्रमुख सचेतक र सचेतकहरुसँग बैठक राखे पनि माओवादीले आफ्नाे अडान नछाेडेपछि बैठक स्थगित भएकाे हाे। अब अर्काे बैठक सोमबार दिउँसो १ बजे बस्नेछ।

केही समयअघि नेकपा (एमाले)का सांसद याेगेश भट्टराइले संसदमा बाेल्ने क्रममा माओवादी जनयुद्धलाई ‘हिंसा’ भनेका थिए। त्यस शब्दमाथि तत्काल माओवादी सांसदहरुले नियमापत्ति जनाएका थिए भने उक्त शब्द संसदकाे रेकर्डबाट हटाउन माग गरेका थिए।

तर सभामुख देवराज घिमिरेले उक्त शब्द र त्यतिबेलाकाे प्रसंग नियमविपरीत नभएकाे भन्दै संसदकाे रेकर्डबाट हटाउनु नपर्ने रुलिङ गरेकाे थिए। सभामुखकाे रुलिङपछि माओवादीले संसद बैठक अवरुद्ध गरेकाे थियाे।

माओवादीले उक्त शब्द नसच्याएसम्म संसद अवरोध कायमै राख्ने चेतावनी दिएकाे छ।

प्रकाशित मिति: : 2024-09-15 16:14:00

प्रतिकृया दिनुहोस्