उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशनमान सिंहले स्व. नेता गणेशमान सिंहको शालिकमा माल्यार्पण गरेका छन्।
वि.सं २०४६ को जनआन्दोलनका कमाण्डर स्व. सिंहको २७औँ स्मृति दिवसको अवसरमा बुधबार गणेशमान सिंह फाउण्डेशनले शोभाभगवतीमा आयोजना गरेको कार्यक्रममा शालिकमा माल्यार्पण गरिएको हो।
शालिकमा माल्यार्पण गर्दै मन्त्री सिंहले देश र जनतालाई सार्वभौम सत्ता सम्पन्न गराउनका लागि नेता सिंहको अविस्मरणीय योगदान रहेको बताए।
जनताको अधिकारको सुनिश्चितता गराउनको लागि नेता सिंहले गरेको प्रतिवद्धतालाई सबैले स्मरण गर्दै अनुसरण गर्नुपर्ने मन्त्री सिंहको भनाइ थियो।
उनले भने, ‘उहाँको ६ दशक लामो राजनीतिक जीवनमा १५ वर्षभन्दा बढि समय जेल जीवनमा बिताए।
हरेक राजाको कार्यकालमा उनले जेल जीवन बिताएका हुन्। त्यस्तै उनले १५ वर्षभन्दा बढी निर्वासनमा बिताए।
नेता सिंहको २०५४ असोज २ गते देहावसान भएको थियो।