रास्वपाकाे पार्टी कार्यालयमा सादा पोशाकका प्रहरी परिचालन

File Photo
File Photo

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)काे वनस्थलीस्थित कार्यालयमा सादा पोशाक र केही बर्दीका प्रहरीहरु परिचालन गरिएकाे छ। 

रास्वपा सभापति रवि लामिछानेलाई पक्राउ गर्ने सन्देश पठाइएपछि प्रहरीहरु परिचालन गरिएकाे स्राेतले बताएकाे छ।  

लामिछाने पक्राउ पर्ने आशंकापछि रास्वपाले कार्यालयमा आकस्मिक भेलासमेत बाेलाएकाे छ। अहिले पार्टी कार्यालयमा नेता कार्यकर्ताहरुको भीड लागेको छ।

सहकारी छानबिन विशेष संसदीय समितिले गोर्खा मिडिया नेटवर्क प्रालिमा रकम खर्च गरेको हकमा  लामिछानेसहित चार जनालाई कानुनबमोजिम कारबाहीको सिफारिस गरेको थियो।

यसअघि आजै प्रहरीले गोर्खा मिडियाका तत्कालीन सञ्चालक पूर्वडीआइजी छविलाल जोशीलाई पक्राउ गरिसकेको छ।

प्रकाशित मिति: : 2024-09-22 19:34:00

प्रतिकृया दिनुहोस्