काठमाडौँबाट भारतको राजस्थानतर्फ जाँदै गरेको बस नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा पल्टिँदा २३ जना घाइते भएका छन्।
पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको विनियी त्रिवेणी–१ बस दुर्घटना हुँदा २३ जना घाइते भएका प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलका अनुसार आज बिहान आरजे १४ पिसी ३५४५ नम्बरको बस आफैँ अनियन्त्रित भएर सडकमा पल्टिएको थियो।
बसमा करिब ४५ जना यात्रु सवार रहेकोमा अन्य यात्रु भने सकुशल रहेको प्रहरी नायब उपरीक्षक पौडेलले बताए। घाइतेको स्थानीय विनयी त्रिवेणी आधारभूत अस्पतालमा उपचार भइरहेको छ।
घट्नाबारे थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।