युद्द्धबिरामका लागि सहमति पछि आज भारत र पाकिस्तानका उच्च सैन्य अधिकारीहरू वार्तामा बस्दैछन्। आज दिउँसो १२ बजेदेखि वार्ता सुरु हुनेछ। कुनै तटस्थस्थानमा वार्ता हुने भनिएको छ तर केही खुलाइएको छैन।
वार्तामा दुई देशका मात्रै प्रतिनिधिहरू हुनेछन्। दुबै देशले अन्य तेस्रो देशको मध्यस्थतालाई अस्वीकार गरिसकेका छन्।
यद्यपि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार रातभरि दुबै देशका प्रधानमन्त्रीहरूसँग फोनवार्ता गरेर युद्धबिरामको सहमति भएको थियो।
यो पहिलो चरणको वार्ताको नेतृत्व दुबै देशका सैन्य अपरेशन महानिर्देशकहरूले गर्दैछन्।
गत अप्रिल २२ मा एउटा आतंकवादी संगठनका लडाकुहरूले जम्मु कश्मिरको पहलगाममा २६ जना पर्यटकहरूको हत्या गरेका थिए। त्यसमा एकजना नेपाली पनि थिए। भारतले पाकिस्तानको सेनाले उक्त आतंकवादी संगठनलाई संरक्षण गरेको आरोप लगाएपछि दुबैबीच तनाव चुलिएको थियो।
त्यसको करिब १५ दिनपछि भारतीय सैनिकले पाकिस्तानका विभिन्न क्षेत्रमा ब्यापक क्षेप्यास्त्र आक्रमण गरेको थियो। त्यसपछि दुबैबीच युद्ध चर्कियो। करिब ८६ घण्टासम्म युद्धको अन्योलपछि शनिबार साँझ ५ बजेदेखि युद्ध बिराम सम्झौता भएको थियो।