कोशी ब्यारेजबाट खसेको बसका सबै यात्रुको उद्धार (अपडेट)

Break n Links
Break n Links

कोशी ब्यारेजबाट नदीमा खसेको यात्रुबाहक बसमा सवार २६ जनाको उद्धार गरिएको छ।

बिहीबार साँझ करिब ६ बजे यात्रुबाहक बस कोशी ब्यारेजको ढोका नम्बर ३४ र ३५ बाट तल खसेको थियो।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को१ख ४६०१ नम्बरको नरसिंह डिल्क्स यात्रुबाहक बस कोशी ब्यारेजको ३४/३५ नम्बर ढोकामा खसेको थियो।

बसमा सवार सबै यात्रुको सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ।

अहिले उनीहरुको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: : 2024-09-26 19:26:00

प्रतिकृया दिनुहोस्