बाढीपहिराेमा परेर ११ जनाकाे मृत्यु, १३ जना बेपत्ता

हिजाे साँझदेखि परेकाे अविरल वर्षापछि आएको बाढी र पहिराेमा परेर ११ जनाकाे मृत्यु भएकाे छ।

शुक्रबार साँझ ४ बजेदेखि शनिबार बिहान ११ बजेसम्म बाढी र पहिराेमा परेर ११ जनाकाे ज्यान गएकाे प्रहरीले जनाएकाे छ।

बाढीपहिराेमा परेर पाँचथरमा २, धनकुटामा २, झापामा १, काठमाडाैँमा १, ललितपुरमा १, काभ्रेमा ३ र धादिङमा १ जनाकाे गरी ११ जनाकाे मृत्यु भएकाे हाे।

त्यस्तै साेही अवधिमा बाढी पहिराेमा परेर १३ जना बेपत्ता भएका छन्। बेपत्ता हुनेमा काठमाडाैँमा ४, धनकुटामा २, ललितपुरमा ६ र धादिङमा १ जना रहेका छन्।

बाढीपहिराेमा परेकाहरुकाे उद्दारमा सरकारका सबै निकायहरु लागेका छन्। प्रहरीकाअनुसार हालसम्म ७३४ जनाकाे उद्दार गरिएकाे छ।

बाढीपहिराेमा परेर अहिलेसम्म १६२ वटा घरमा क्षति पुगेकाे छ।

प्रकाशित मिति: : 2024-09-28 11:11:00

प्रतिकृया दिनुहोस्