गुरुकुलमा नदीले थुनिएका ३३ जना विद्यार्थी–शिक्षकको हेलिकप्टरबाट उद्धार गर्ने तयारी

Break n Links
Break n Links

सिन्धुलीमा रहेको एक गुरुकुलमा सुनकोशी र रोसी खोलाले थुनिएका ३३ जना विद्यार्थी–शिक्षकको हेलिकप्टरबाट उद्धार गर्ने तयारी भएको छ। 

सुनकोशी गाउँपालिका–१ स्थित आदिलिङ्ग कुशेश्वर महादेव मन्दिर परिसरमा रहेको गुरूकुलमा २८ विद्यार्थी र ५ जना गुरूसहित ३३ जना नदीबिचमा फसेका छन्। 

उनीहरू हिजो शुक्रबारदेखि थुनिएको र अहिले हेलिकप्टरबाट उद्धार गर्ने तयारी भइरहेको वडा नम्बर १ का वडा सचिव रमेश थापाले जानकारी दिए। 

थापाका अनुसार हिजोदेखि नै उद्धार प्रयास भएको भए पनि नदी ठुलो हुँदा सशस्त्र प्रहरी मन्दिर परिसरमा पुग्न नसकेपछि उनीहरुको उद्धार हुन सकेन।

अहिले गृहमन्त्रालयसँग उद्धारका लागि कुरा भइरहेको र हेलिकप्टर पठाउने तयारी भइरहेको थापाले बिएल नेपाली सेवालाई जानकारी दिए। 

उनका अनुसार सुनकोशी नदीले भन्दा पनि मन्दिर परिसरको तीनतिर रोसी खोलाले घेरेको छ। अहिलेसम्म खोला घटेको छैन। 

जसले गर्दा उनीहरूको उद्धारमा समस्या भएको उनले बताए। रोसी खोलाले बिपी हाइवे र त्यस क्षेत्रका बस्ती तथा सयौँ रोपनी धानबाली पनि क्षेति गरेको थापाले जानकारी दिए। 

यो पनि–

सुनकोशी नदीबीचमा थुनिए ३३ जना विद्यार्थी–शिक्षक, उद्धारका लागि आग्रह

प्रकाशित मिति: : 2024-09-28 11:25:00

प्रतिकृया दिनुहोस्