गत शुक्रबार र शनिबारको अविरल वर्षापछि देशभरिका सडक सञ्जालहरू अस्तव्यस्त भएका छन्। नेपाल प्रहरीका अनुसार मुख्य राजमार्गसहित अझै २० वटा सहायक राजमार्गहरू पूर्णरुपमा अवरुद्ध छन्।
केही सडकखण्डहरू आंशिकरुपमा सञ्चालनमा आएका छन्। दुई दर्जनभन्दा बढी मूलसडकहरू अहिले पनि एकतर्फी छन्।
चारैतिर सडक यातायात अवरुद्ध भएपछि हवाईयात्रामा यात्रुको चाप बढेको छ। सडकहरू अवरुद्ध हुँदा महंगो हवाई उडानमा पनि त्रिभुवन विमानस्थलमा सोमबार रेकर्ड भएको छ।
विमानस्थलका अनुसार सोमबार एकैदिनमा मात्रै करिब पाँच सय उडान भएका छन्। आइतबार बेलुकादेखि मौसम खुल्न थालेसँगै हवाई उडान पनि नियमित भएको थियो। यो बीचमा विपदका बेला हवाइ कम्पनीहरूले महंगो भाडा लिन थालेको भन्दै आलोचना भएपछि त्यसमा केही घटाइएको
विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाका अनुसार सोमबार एकै दिनमा आन्तरिक र बाह्य गरी करिब पाँच सय ५९ उडान भएका थिए। उनका अनुसार आन्तरिक विमानस्थलमा हेलिकोप्टरसहित २२७ जहाज डिपार्चर भएका थिए भने २२१ अवतरण भएका थिए।