ट्रम्पमाथि फेरि आक्रमण प्रयास, एकजना गिरफ्तार

अमेरिकामा राष्ट्रपतिका उम्मेदवार डोनाल्ड ट्रम्प एउटा चुनावी सभाबाट हतियारसहित एकजनालाई प्रहरीले गिरफ्तार गरेको छ। 

प्रहरीले चुनावी र्‍याली भइरहेका बेला त्यहाँ उपस्थित भएका ४९ वर्षीय वेम मिलरलाई गिरफ्तार गरेको हो। उनीसँग एउटा सट गन र अर्को एउटा ह्यान्ड गन पनि बरामद गरेको छ। नक्कली पासपोर्ट बोकेका ती व्यक्तिलाई प्रहरीले मानसिक बिरामी भएको हुनसक्ने बताएको छ। 

यसअघि पनि ट्रम्पमाथि दुई पटक आक्रमण भइसकेको छ। पहिलोचोटीको आक्रमणमाथि उनिमाथि चलाइएको गोलीले कानमा चोट लागेको थियो। त्यसपछि उनको सुरक्षाका लागि थप सुरक्षा बल खटिएका छन् र चुनावी सभामा पनि बुलेटप्रुफ सिसाहरू लगाउने गरिन्छ। 


 

प्रकाशित मिति: : 2024-10-14 09:29:00

प्रतिकृया दिनुहोस्