हनी ट्र्रयाप प्रकरण: पक्राउ पुर्जी जारी भएलगत्तै इन्स्पेक्टर शाही फरार

Break n Links
Break n Links

व्यापारीलाई हनी ट्र्पामा पारेर ३० लाख असुलेकाे प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि इन्स्पेक्टर विनुकुमारी शाही फरार भएकी छन्। घटनाकाे अनुसन्धानका क्रममा आफूविरुद्ध पनि पक्राउ पुर्जी जारी भएकाे सूचना पाएपछि इन्स्पेक्टर शाही फरार भएकाे ललितपुर प्रहरीले जनाएकाे छ।

शाहीले ललितपुरकाे प्रहरी प्रभाग बुङमति (भैँसीपाट)काे प्रमुख हुँदा असाेज ७ गते बलात्कार मुद्दामा फसाइदिने भन्दै एक व्यापारीसँग ३० लाख रुपैयाँमा असुलेकाे आराेप छ।

इन्स्पेक्टर शाहीले अन्य व्यक्तिहरु ताज इस्लाम, सुष्मा विक र भीमादेवी मिलेर व्यापारीसँग साे रकम असुलेकाे आराेप लागेकाे थियाे। घटनालगत्तै ललितपुर प्रहरीले डिएसपी नरहरि अधिकारीकाे नेतृत्वमा छानबिन समिति बनाएकाे थियाे। छानबिन समितिले घटनामा इन्स्पेक्टर शाहीकाे मिलेमताे भएकाे पुष्टि गरेकाे जनाइएकाे छ।

प्रहरीले इस्लाम, सुष्मा र भीमादेवीका साथै हवल्दार महेन्द्र हमाललाई पक्राउ गरिसकेकाे छ।

प्रकाशित मिति: : 2024-10-17 07:01:00

प्रतिकृया दिनुहोस्