कास्की जिल्ला अदालतमा चहलपहल, रास्वपामा तरङ्ग

फाइल तस्बिर
फाइल तस्बिर

अपराह्नसम्म सुनसान रहेकाे कास्की जिल्ला अदालतमा चहलपहल बढेकाे छ।

अन्य सबै न्यायाधीश बिदामा केहीबेर अगाडि न्यायाधीश कृष्णजंग शाह उपस्थित भएपछि अदालतमा चहलपहल बढेकाे हाे। नेपालगञ्जमा रहेका न्यायाधीश शाह हतारहतार कार्यालय उपस्थित भएका हुन्।

सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पक्राउ गर्ने हल्लाबीच अदालतमा फाइल बाेकेर कास्की प्रहरी प्रमुख एसपी श्याम ओलिया र डिएसपी वसन्त शर्मा पुगेका छन्।

प्रहरी अधिकृतहरु अदालतमा पुगेपछि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी हुन सक्ने अनुमान गरिएकाे छ। 

यसबीच काठमाडाैँस्थित रास्वपाकाे पार्टी मुख्यालयमा नेता कार्यकर्ताहरुकाे चहलपहल बढेकाे छ। पार्टीका नेताहरुले नै रवि पक्राउ पर्ने भयका कारण ७७वटै जिल्लाका कार्यकर्ताहरुलाई पार्टी कार्यालयमा बाेलाएका छन्।

प्रकाशित मिति: : 2024-10-18 16:07:00

प्रतिकृया दिनुहोस्