राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेको बयान भइरहेको छ।
साेमबार बयानकैबीच समर्थक र शुभेच्छुकले पोखरामा प्रदर्शन जारी राखेका छन्। समर्थकहरुले पृथ्वीचोकमा प्रदर्शन गरेका हुन्।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसन्धान अधिकृत र सरकारी वकिलले उनीसँग बयान लिइरहेका छन्।
उनी कार्तिक २ गते पार्टी कार्यालय वनस्थलीबाट पक्राउ परेका हुन्। बयान सुरु भएसँगै उनका समर्थकहरुले प्रदर्शन पनि गरिरहेका छन्।
आइतबारभन्दा आज सोमबार प्रदर्शनकारीको संख्या भने कम छ।
उनीविरुद्ध सुर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीवी) राईसँग मिलेर सहकारीको रकम अपचलन गरेको आरोप छ।