जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज देशभर पश्चिमी वायुका साथै बंगालको खाडीमा विकसित चक्रवात ‘दाना’को आंशिक प्रभावसमेत रहेको जनाएको छ।
महाशाखाका अनुसार अहिले कोशी प्रदेशमा आंशिकदेखि साधारणतया बदली र बाँकी प्रदेशमा आंशिक बदली रहेको छ। कोशी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ।
आज दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली र बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। देशका पहाडी भू-भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।
यस्तै आज राति कोशी प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। कोशी प्रदेशका पहाडी भू-भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।