रास्वपा केन्द्रीय समितिको बैठक बस्दै, आन्दाेलनकाे नयाँ रणनीति तय गरिने

Break n Links
Break n Links

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज (शनिबार) बस्दैछ। दिउँसो १ बजेका लागि बोलाइएको बैठक पार्टी केन्द्रीय कार्यालय चःमतिस्थित बस्नेछ।

बैठकमा समसामयिक राजनीतिक विषय, आगामी कार्ययोजना, जारी आन्दोलनको स्वरुपलगायतका विषहरुमा छलफल हुने बताइएको छ।

पार्टी सभापति रवि लामिछाने पक्राउ परेपछि पोखरामा आन्दोलन गरेको रास्वापाले शुक्रबारदेखि काठमाडौं केन्द्रित आन्दोलन सुरु गरेको छ। सहकारीको रकम अपचलन गरेको आरोपमा गत शुक्रबार पक्राउ परेका रवि प्रहरी अनुसन्धानका लागि कास्की प्रहरीको हिरासतमा छन्।

प्रकाशित मिति: : 2024-10-26 08:13:00

प्रतिकृया दिनुहोस्