इरानको आणविक र तेलस्थलमा आक्रमण नगर्न इजरायललाई अमेरिकाको चेतावनी

फाइल तस्बिर
फाइल तस्बिर

अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायललाई इरानको आणविक र तेलस्थलमा आक्रमण नगर्न चेतावनी दिएका छन्।

बाइडेन प्रशासनले इजरायलसँग आफ्नो रक्षा गर्ने र यस महिनाको सुरुमा इरानी आक्रमणको जवाफ दिने अधिकार छ तर बाइडेनले इजरायलले इरानको आणविक स्थलमा आक्रमण गरेमा पनि समर्थन नगर्ने बताएका हुन्।

बाइडेनले इरानको आणविक साइटहरूमा आक्रमणले स्थिति बिग्रन सक्ने बताएका हुन्। यसबाहेक अमेरिकाले इजरायललाई इरानको तेल अड्डबाट टाढा रहन चेतावनी दिएको छ।

अमेरिकाले इजरायली हवाई हमलाको जवाफ नदिन इरानलाई पनि अपिल गरेको छ।

वरिष्ठ अमेरिकी अधिकारीहरूले यस सम्बन्धमा जारी गरेको विज्ञप्तिमा इरानले इजरायली आक्रमणको जवाफ दिने निर्णय गरेमा हामी पनि तयार रहने र इरानले फेरि एकपटक गम्भीर परिणाम भोग्नुपर्ने बताएका छन्।

प्रकाशित मिति: : 2024-10-26 13:03:00

प्रतिकृया दिनुहोस्