गैरआवासीय नेपालीका कारण हाम्राे राष्ट्रियता बलियो बनेकाे छ: गृहमन्त्री लेखक

File Photo
File Photo

गृहमन्त्री रमेश लेखक गैरआवासीय नेपाली नेपालका अवैतानिक राजदूत भएकाे बताएका छन्।

गैरआवासीय नेपाली दिवस तथा वार्षिक साधारण सभा कार्यक्रममा गृहमन्त्री लेखकले गैरआवासीय नेपालीले नेपालकाे राष्ट्रियता बलियो पनउ बनाएकाे बताएका हुन्।

'नेपालका लागि केही गर्न उदेश्य राख्नुभएकाे छ। जुन देशको नागरिक भएपनि नेपाली हुँ भनिराख्नु भएकाे छ,' उनले भने, 'गैरआवासीय नेपाली अवैतानिक राजदूत हुनुहुन्छ। तपाईंहरु रहेकाे देशमा तपाईंकाे अनुहार र व्यवहारमा नेपाल देख्छन्। तपाईंले संसार फैलिँदा नेपालकाे राष्ट्रियता बलियो बनाएकाे छ।'

गैरआवासीय नेपालीको उदेश्य नेपालकाे आर्थिक उन्नति भएकाे भन्दै संसारमा नेपालीहरुले उत्कृष्ट काम गरिरहेकाे गृहमन्त्री लेखकले बताए। 'त्याे उत्कृष्टता नेपालका लागि पनि काम लाग्नुपर्छ। तपाईंकाे अनुभव र शिक्षा नेपालका लागि उपयोग गर्नुपर्छ। त्यसका लागि हामी वातावरण बनाउन लाग्छाैँ,' उनले भने।

यस्तै गैरआवासीय नेपालीकाे आर्थिक समाजिक र सांस्कृतिक अधिकारकाे सम्बाेधन गर्न सरकार कानुन संशोधनकाे तयारीमा रहेकाे गृहमन्त्री लेखकले बताए।

'तपाईंहरु पनि त्यसरी नै आउनुहाेस्। कानुन संशोधनका लागि हामीले गृहकार्य गरिरहेका छाैँ। तपाईं पनि गृहकार्य गरेर आउनुहोस्,' उनले भने।

लाेकतन्त्र अनुशासनकाे पद्धति भएकाे भन्दै लाेकतन्त्र अराजकता नभएको गृहमन्त्रीले बताए।

प्रकाशित मिति: : 2024-10-27 11:49:00

प्रतिकृया दिनुहोस्