सेवा लम्साललाई बेल्जियमका लागि नेपाली राजदूत बनाउने प्रस्ताव अनुमोदन भएकाे छ।
बुधबार बसेकाे संसदीय सुनुवाइ समितिले लम्सालकाे नाम अनुमोदन गरेकाे हाे।
यससँगै उनलाई राष्ट्रपतिले राजदूत नियुक्त गर्ने बाटो खुलेको छ।
भदौ १३ गते बसेको मन्त्रिपरिषदको बैठकले लम्सालकाे नाम सिफारिस गरेको थियो। उनीउपर आज संसदीय सुनुवाइ भएको थियो।
उनी हाल परराष्ट्र सचिव रहेकी छिन्।