प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक बोलाएका छन्। आज आइतबार साँझ प्रधानमन्त्री कार्यालयमा बस्नेगरी बैठक बोलाइएको प्रधानमन्त्रीकाे सचिवालयले जनाएको छ।
आजको बैठकमा केही नियुक्ति र बढुवाको सिफारिस हुने जनाइएको छ। प्रधानमन्त्री अस्वस्थ भएपछि अघिल्लो हप्ता नियमित रुपमा बस्नुपर्ने बैठक बस्न सकेको थिएन।