राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डाेलप्रसाद अर्याल (डिपी)ले हिरासतमै बस्नु परेपनि रास्वपाकाे सभापति रवि लामिछाने नै रहने बताएका छन्।
आइतबार पाेखरामा विराेधसभालाई सम्बाेधन गर्दै उपसभापति अर्यालले जिउँदाे रहँदासम्म रास्वपाकाे सभापति रवि नै रहने बताएका हुन्।
‘राष्ट्रिय स्वतन्त्र पार्टीकाे सभापति जिउँदाे रहेसम्म रवि लामिछाने हाे’, उपसभापति अर्यालले भने, ‘यसमा कसले कार्यवहाक सभापति पाउँछ वा पाउँदैन, त्याे गाैण कुरा हाे।’
संसारमा जेलमै बसेर पार्टी सञ्चालन गरेका धेरै इतिहास रहेकाे उनकाे भनाइ छ।
भिडियाे: