काेशीका पूर्वमन्त्री अधिकारीलाई काठमाडाैँ ल्याइयाे

फाइल तस्बिर
फाइल तस्बिर

मानव तस्करीकाे आराेप लागेका काेशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई काठमाडाैँ ल्याएकाे छ।

विराटनगरबाट आइतबार बिहान पक्राउ परेका अधिकारीलाई हवाई जहाजमार्फत काठमाडाैँ ल्याइएकाे हाे। उनलाई विमानस्थलबाट सिधैं काठमाडाैँ प्रहरी परिसरमा पुर्याइने बताइएकाे छ।

उनले जापान जाने क्रममा असम्बन्धित व्यक्तिहरुलाई साथमा लिएर गएका थिए।

त्यसपछि विवादमा आएका उनले मन्त्री पदबाट राजीनामा दिएका छन्।

प्रकाशित मिति: : 2024-11-10 15:40:00

प्रतिकृया दिनुहोस्