८ जना एसएसपी डिआइजीमा बढुवाका लागि सिफारिस

Break n Links
Break n Links

८ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)बाट ८ जना प्रहरी नायव महानिरीक्षक (डिआइजी)मा बढुवाका लागि सिफारिस भएका छन्। 

आइतबार गृह मन्त्रालयले ८ जना एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस गरेको हो। 

सिफारिसको पहिलो नम्बरमा ध्रुवराज राउत रहेका छन्। त्यसपछि भोलाबहादुर रावल, गणेश चन्द, सिद्धिविक्रम शाह, सुशिलसिंह राठौर, उमाप्रसाद चतुरबेदी, हिमालय कुमार श्रेष्ठ र डम्बरबहादुर बिक रहेका छन्। 

सिफारिस भएकामध्ये गणेश चन्द दाङको एसपी रहँदा विवादित थिए। 

प्रकाशित मिति: : 2024-11-25 09:04:00

प्रतिकृया दिनुहोस्