कुन मेडिकल कलेजको अस्पताल शैय्या क्षमता कति?

तस्बिर:  जलन उपचार कक्ष / वीर अस्पताल
तस्बिर: जलन उपचार कक्ष / वीर अस्पताल

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुमति प्राप्त गरेका मेडिकल कलेज तथा विभागीय अस्पतालहरूको विवरण सार्वजनिक गरेको छ।

मन्त्रालयले तीन सय शैय्या बढी क्षमतामा मन्त्रालयबाट अनुमति लिएका त्यस्ता कलेजहरूले सञ्चालन गरेका अस्पतालहरूको शैय्या क्षमतासम्बन्धी विवरण सार्वजनिक गरेको हो।

मन्त्रालयसँग अनुमति प्राप्त गरेका मध्ये सबैभन्दा धेरै शैय्या रहेको मेडिकल कलेज भरतपुरस्थित चितवन मेडिकल कलेज रहेको छ। कलेजसँग ५०० शैय्या क्षमता छ।

मन्त्रालयसँग ४०० शैय्या क्षमता सञ्चालनका लागि अनुमति पाएका मेडिकल कलेजको संख्या तीन छ।

लुम्बिनी मेडिकल कलेज पाल्पा, लर्ड बुद्ध एजुकेशन एकेडेमी नेपालगञ्ज मेडिकल कलेज  तथा नेपाल मेडिकल कलेज शिक्षण अस्पताल जोरपाटीले ४०० शैय्या क्षमतामा अस्पताल सञ्चालनको अनुमति प्राप्त गरेका छन्।

बाँकी मेडिकल कलेज तथा नेपाल प्रहरी र सशस्त्र प्रहरीका अस्पतालहरूले भने ३०० शैय्या क्षमतामा अस्पताल सञ्चालनको अनुमति पाएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शैय्या अनुमतिका आधारमा सेवा सञ्चालन भए नभएको अनुमगनको तयारी गरिरहेको छ।

क्षमताभन्दा बढी शैय्या सञ्चालन भए न भएको तथा बढी क्षमताबारे प्रचार भए नभएको स्थिति अनुगमन गरी आवश्यक कारबाही गर्ने मन्त्रालयले तयारी गरिरहेको प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए।

प्रकाशित मिति: : 2024-11-29 07:59:00

प्रतिकृया दिनुहोस्