सरकारी वकिलको कार्यालयमा रवि लामिछानेको बयान जारी

Break n Links
Break n Links

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको काठमाडौँस्थित जिल्ला सरकारी वकिलको कार्यालयमा बयान सुरू भएकाे छ।

सहकारीकाे रकम अपचलनकाे आराेपमा प्रहरी हिरासतमा रहेका उनकाे सरकारी वकिलको कार्यालयमा उपस्थित गराएर बयान लिन सुरु गरिएकाे हाे।

उनीलाई सहकारी ठगी तथा संगठिक अपराध मुद्दामा जिल्ला प्रहरी कास्कीले अनुसन्धान गरेपछि बिहीबार हिजाे काठमाडौँ ल्याइएकाे थियाे। 

लामिछानेलाई काठमाडौँको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा पक्राउ गर्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको थियो। साेहीअनुसार उनलाई काठमाडौँ ल्याइएकाे हाे।

प्रकाशित मिति: : 2024-11-29 10:11:00

प्रतिकृया दिनुहोस्