स्थानीय तह-उपनिर्वाचनका लागि तयारी पूरा

फाइल तस्बिर
फाइल तस्बिर

निर्वाचन आयोगले आइतबार हुन गइरहेको स्थानीय तह उपनिर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।

आयोगले जारी गरेको प्रेस विज्ञप्तिमा मतदाताहरुलाई निर्धक्क र स्वतन्त्र वातावरणमा मतदान गर्न अपिल गर्दै शान्तिपूर्ण निर्वाचन सम्पन्न गर्न सबै सरोकारवालासँग सहकार्यको अपेक्षा व्यक्त गरेको छ।

मतदानको समय र स्थान

मतदान बिहान ७:०० बजेदेखि साँझ ५:०० बजेसम्म हुनेछ। आयोगले अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताहरुलाई निर्धक्क भई मतदान केन्द्रमा उपस्थित भई आफ्नो मताधिकारको उपयोग गर्न अनुरोध गरेको छ।

मतदानका लागि आवश्यक कागजात

मतदाताले मतदानका लागि निम्न प्रमाणपत्रमध्ये कुनै एकको सक्कल प्रति प्रस्तुत गर्न सक्नेछन्:

मतदाता परिचयपत्र
नेपाली नागरिकताको प्रमाणपत्र
राष्ट्रिय परिचयपत्र
राहदानी
सवारी चालक अनुमति पत्र

सार्वजनिक बिदा र यातायात व्यवस्थापन

मतदान हुने क्षेत्रका स्थानीय तह र वडामा सार्वजनिक विदाको घोषणा गरिसकिएको छ। साथै, मतदान केन्द्रको निश्चित क्षेत्रबाहेक अन्य क्षेत्रमा यातायात सञ्चालनमा कुनै अवरोध नहुने व्यवस्था मिलाइएको छ।

शान्तिपूर्ण वातावरणको अपिल

आयोगले मतदान केन्द्रमा शान्त र सहिष्णु वातावरण कायम राख्न सबै राजनीतिक दल, उम्मेदवार, सञ्चारकर्मी, र अन्य सरोकारवालालाई सहयोग गर्न अनुरोध गरेको छ। साथै, निर्वाचन सुरक्षालाई ध्यानमा राख्दै अवाञ्छनीय गतिविधि गर्ने व्यक्तिहरुलाई प्रचलित कानूनअनुसार कडा कारबाही गरिने चेतावनी दिएको छ।

आयोगको आग्रह

मतदान कार्यमा खटिएका कर्मचारी, सुरक्षाकर्मी, र अन्य सम्बद्ध पक्षलाई कर्तव्य निर्वाहमा सहयोग गर्न आग्रह गर्दै आयोगले निष्पक्ष, सुरक्षित र व्यवस्थित निर्वाचन सम्पन्न गर्न प्रतिबद्ध रहेको जनाएको छ।

निर्वाचन आयोगले सबै मतदातालाई लोकतान्त्रिक प्रक्रियामा सहभागी भई आफ्नो मताधिकारको प्रयोग गर्न पुनः अपिल गरेको छ।

प्रकाशित मिति: : 2024-11-30 18:01:00

प्रतिकृया दिनुहोस्