बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक भएका छन्।
सरकारका प्रवक्ता एवं सूचना, प्रविधि तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले आइतबार मन्त्रिपरिषद्ले गरेका १२ निर्णय सार्वजनिक गरेका हुन्।
जसमा सरकारले यही मङ्सिर १७ गतेदेखि हुने प्रधानमन्त्री केपी शर्मा ओलीकाे चीनको औपचारिक भ्रमणमा सहभागी हुने प्रतिनिधिमण्डल गठन गर्ने तथा भ्रमण स्वीकृत गर्ने निर्णय गरेकाे छ।
एसियाली विकास बैंकबाट जलवायुसम्बन्धी परियोजनाको लागि प्रस्ताव गरिएको २२ मिलियन अमेरिकी इहार अनुदान तथा १० मिलियन अमेरिकी डलर ऋण सहायता स्वीकार गर्ने निर्णय भएकाे छ।
यसैगरी सरकारले चालु आर्थिक वर्ष २०८१/८२ को लागि उखुको उत्पादन लागत, ढुबानी भाडा र मुनाफासमेत गरी कृषकले उत्पादन गरेको उखुको न्यूनतम खरिद मूल्य प्रतिक्विन्टल ५८५ रूपैयाँ निर्धारण गर्ने गरेकाे छ।
यस्ता छन् निर्णयहरू:
१. एसियाली विकास बैंकबाट Climate Resilient Landscapes and Livelihoods परियोजनाको लागि प्रस्ताव गरिएको २२ मिलियन अमेरिकी इहार अनुदान तथा १० मिलियन अमेरिकी डलर ऋण सहायता स्वीकार गर्ने।
२. एसियाली विकास बैंकबाट नवीनतम यान्त्रिक सिंचाइ आयोजनाको कार्यान्वयनका लागि नेपाल सरकारलाई प्राप्त हुने ११० मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण र १५ मिलियन अमेरिकी उत्तर अनुदान सहायता स्वीकार गर्ने।
३. भारतको नयाँ दिल्लीमा आयोजना हुने 29æ Partnership SummitM मा सहभागी हुन माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीलाई स्वीकृति दिने
४. चालु आर्थिक वर्ष २०८१/८२ को लागि उखुको उत्पादन लागत, ढुबानी भाडा र मुनाफासमेत गरी कृषकले उत्पादन गरेको उमाको न्यूनतम खरिद मूल्य प्रति क्विन्टल रु. ५८५ निर्धारण गर्ने।
५. नेपाल सरकार र International Water Management Institute बीच हुने Memorandum of Understanding स्वीकृत गर्ने।
६. नेपाल सरकार र The International Centre for Research in Agroforestry (ICRAF) and The Center for international Forestry Research (CIFOR) बिच हुने समझदारी पत्रः (MoU) स्वीकृत गर्ने।
७. मिति २०८१ साल मङ्सिर १७ देखि २० गतेसम्म सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यूबाट हुने मित्रराष्ट्र जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा सहभागी हुने प्रतिनिधिमण्डल गठन गर्ने तथा भ्रमण स्वीकृत गर्ने।
८. गोकर्णेश्वर नगरपालिका, काठमाडौलाई नगरपालिकाको प्रशासकीय भवन निर्माणको लागि सरकारी जग्गा उपयोग गर्न स्वीकृति दिने।