प्रधानमन्त्रीकाे विदेश भ्रमणमा पहिलाेपटक राष्ट्रिय एकता- सञ्चारमन्त्री गुरुङ

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीकाे चीन भ्रमणमा राष्ट्रिय एकता र सहमति भएकाे बताएका छन्।

आइतबार मन्त्रिपरिषद्काे बैठकपछि मन्त्री गुरुङले भ्रमणमा सबै दलहरुबीच सहमति भएकाे उल्लेख गर्दै भ्रमण पलदायी हुने बताए।

‘नेपालकाे हिस्ट्रीमा पहिलाेचाेटी नेपालका मूल धारका राजनीतिक दलहरु र नेपालका विभिन्न राजनीतिक दलहरकाे बिचमा राष्ट्रकाे हितमा, जनताकाे हितमा कसरी परराष्ट्रिय सम्बन्ध कसरी व्यवस्थित गर्ने, कसरी राष्ट्रिय एकता गर्ने भन्नेमा पहिलाेपटक राष्ट्रिय एकता र सहमति कायम भएकाे छ। साझा धारणा बनेकाे छ’, गुरुङले भने। छिमेकी मुलुकहरुसँग सम्बन्ध बिस्तारमा याे महत्वपूर्ण काेषेढुङ्गा हुने उनकाे भनाइ छ।

प्रधानमन्त्री चीन भ्रमण राष्ट्रकाे लागि फलदायी हुने उनले बताए।

भिडियाे:

प्रकाशित मिति: : 2024-12-01 21:07:00

प्रतिकृया दिनुहोस्