रोल्पाकाे रुन्टीगढी- ४मा माओवादीको मत ७० मात्र

रोल्पामा भएको उपनिर्वाचनमा नेकपा (माओवादी केन्द्र)ले जम्मा ७० मत मात्र पाएको छ। गत निर्वाचनमा २ सय मत कटाएको माओवादीले यसपटक १ सय मत पनि ल्याउन नसकेको हो।

रुन्टीगढी- ४ मा भएको वडाध्यक्षको उपनिर्वाचनमा नेपाली काँग्रेसका भूपमणि पुन पुन: विजयी हुँदा एमाले मुख्यप्रतिस्पर्धी भएको छ।

काँग्रेसले ६ सय ४३ मत प्राप्त गर्दा नेकपा (एमाले)का बेगम पुनले ५ सय ३५ मत प्राप्त गरे। नेकपा (माओवादी केन्द्र)का नरेशजंग सिंहले ७० मतका साथ लज्जास्पद हार व्यहोर्नुपरेको छ।

केही दिनअघि माओवादी नेता वर्षमान पुन, जोखबहादुर महरालगायतले चुनावी सभालाई सम्बोधन गर्दै रोल्पामा माओवादी विजयी हुने दाबी गरेका थिए। तर, अघिल्लो निर्वाचनको मतसमेत जोगाउन सकेन।

प्रकाशित मिति: : 2024-12-01 21:50:00

प्रतिकृया दिनुहोस्