प्रधानमन्त्री केपी शर्मा ओलीले चीन सरकारबाट प्राप्त हुने भनिएकाे बेल्ट एन्ड रोड (बीआरआई)सम्बन्धी परियाेजना ऋण नभएकाे बताएका छन्।
बिहीबार चीनकाे चार दिने भ्रमण सकेर स्वदेश फर्किएका ओलीले विमानस्थलमा पत्रकार सम्मेलनमा बीआरआई ऋण नभएकाे बताएका हुन्।
बीआरआई चीन सरकारले अन्य देशमा दिने सहुलियत ऋणसम्बन्धी परियाेजना हाे। चीन भ्रमणमा रहेका समयमा नेपाल र चीनबीच बीआरआई परियाेजनामा हस्ताक्षर भएकाे थियाे।
उक्त हस्ताक्षरमा याे परियाेजना ऋण हुने कि अनुदान भन्ने स्पष्ट नखुलाइएकाे सन्दर्भमा प्रधानमन्त्री ओलीले उक्त परियाेजना ऋण नभएकाे बताएका हुन्।
बीआरआई परियाेजना नेपालमा भित्र्याउने कि नभित्र्याउने भन्ने सन्दर्भमा सत्तारुढ दलहरू नेकपा एमाले र काँग्रेसबीच नै मतभिन्नता रहेकाे थियाे।
उनीहरूकाे मतभिन्नताकाबीचमा कुनरुपमा याे परियाेजना भित्र्याउने भन्नेमा अझै अन्याेल रहेकाे छ।