ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले स्वयंमसेवक कोषमा ललितपुर महानगरपालिकाले ९ लाख रकम जम्मा गर्ने बताएका छन्।
बिहीबार ललितपुरमा आयोजित २१ औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंमसेविका दिवस–२०८१ कार्यक्रममा उनले महानगरपालिकाले यही वर्ष स्वयंमसेवक कोषमा ९ लाख थप्ने भन्दै यसको व्यवस्थापन हुने बताए।
उनले भने, ‘तपाईंहरुले स्वयंम सेवक कोषको कुरा गर्नु भएको छ, यसमा तपाईहरुको योगदान ९ लाख रुपैयाँ भइसकेको छ। त्यसमा महानगरपालिकाले यही वर्ष त्यो कोषमा ९ लाख थप्ने काम गर्छौँ। यो मैले बोलेको कुरा हो। यसको व्यवस्थापन हुन्छ।’
यस्तै, उनले कार्यक्रममा सबैले स्वयंम सेवकहरुको कुरा उठाएको भन्दै सो विषयमा महानगरपालिका संवेदनशिल रहेको बताए।
उनले भने, ‘आजको कार्यक्रममा सबैले महानगरपालिकाले स्वयंम सेवकहरुलाई हेर्नुपर्ने कुरा राख्नु भएको छ। यो विषयमा हामी निकै संवेदनशील छौँ। हामी यसमा लाग्छौँ, हामीले केही नयाँ अध्याय सुरु गर्छौँ।’
ललितपुर महानगरपालिकाले स्वास्थ्य क्षेत्रमा कायापलट हुने गरि काम गर्न सक्ने र गर्नुपर्ने पनि उनको भनाई छ।