काठमाडाैँमा एवन बजार आयोजना हुँदै

Break n Links
Break n Links

काठमाडौँमा एवन बजार आयोजना हुँदैछ। भोलि शनिबार सोल्टी होटलमा एवन बजार आयोजना हुन लागेको हो। 

एक्टिभ उमन अफ नेपाल (एवन)ले विगत चार दशकयता एवन बजार आयोजना गर्दै आइरहेको छ। शनिबार आयोजना हुने एवन बजार २०२४को संस्करण हो। 

जसको अमेरिकी राजदुत डिन आर थम्पसनले बिहान ११ बजे उद्धाटन गर्नेछन् भने यस कार्यक्रममा नेपालमा रहेका विभिन्न देशका राजदुत तथा कुटनितीज्ञहरुले सहभागिता जनाउनेछन्।

एक सयभन्दा बढी स्टल रहने एवन बजारमा विभिन्न क्षेत्रका प्रभावशाली व्याक्तिले आफ्नो रुचीका आधारमा गरेका स्वदेशी उत्पादनलाई विशेष प्राथमिकता दिईदै आएको छ। 

यस बजारमा स्टार्टअप कम्पनी, अर्गानिक प्रोडक्ट, विभिन्न किसिमका स्थानिय उत्पादन, फेसनवेयर, हस्तकलाका सामाग्री लागयतका स्टलहरु आयोजकले जनाएको छ। 

विभिन्न किसिमका आकर्षक स्थानीय रुपमा उत्पादन गरिएका क्रिसमस सजावटका सामाग्रीहरु समेत रहने यस एवन बजारमा बालबालिकाका लागि विशेष आकर्षण रहने छ। यस बजारमा बालबालिकाका लागि विभिन्न आकर्षक गेम तथा एक्टिभिटीहरु संचालन गरिनेछ। 

एवन बजारबाट संकलित रकम समेत एवनका च्यारिटेबल कार्यहरूमा खर्चिने गरिएको आयोजकको भनाइ छ। ७५ वर्ष अगाडि अमेरिकन एम्बेसीमा कार्यरत महिला तथा एक्स्प्याटस्ले सञ्चालनमा ल्याएको एक्टिभ उमन अफ नेपाल देशकै पुरानो परोपकारी संस्थामध्ये एक हो। 

सोल्टी होटल परिसरमा शनिबार बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म आयोजना गरिनेछ। 

कार्यक्रमको महत्वबारे एवनकी प्रेसिडेन्ट बाबा सरकार श्रेष्ठ भन्छिन्, “यो एवन बजार मनोरंजनका लागि मात्र होईन, यो एउटा अवसर पनि हो, परोपकारी भावनाको साटासाटको। हामी बर्षेनी एवन बजार आयोजना गरेर नयाँ सालको स्वागतको तयारी मात्र होईन, परोपकारी हातहरु जुटाउने र एकठाउँमा भेला भएर सहयोगका प्रतिबद्धताहरु पनि गर्छौं।”

प्रकाशित मिति: : 2024-12-06 10:03:00

प्रतिकृया दिनुहोस्